पाथीभरा मन्दिरमा भक्तजनले चढाए ९८ तोला सुन र ९२ किलो चाँदी
ताप्लेजुङ – प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ।
पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए।
उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन। यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ। चाँदीसमेत रिफाइन गरिएको छैन।
गत वर्...








