भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा

भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा
काठमाडौं । सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाले राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने भएका छन्।  २८६१औं सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्। विजय लामा एण्ड द व्याण्डको प्रस्तुति रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीत नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी, माया है बस्ल...

विराट एक्स्पोमा गायिका तृष्णा गुरुङले मचाइन धुम

विराट एक्स्पोमा गायिका तृष्णा गुरुङले मचाइन धुम
विराटनगर / विराटनगरमा जारी विराट एक्स्पोमा मंगलबार राती गायिका तृष्णा गुरुङले माहोल तताएकी छिन् । विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा माघ १२ गतेदेखि शुरु भएको ‘विराट एक्स्पो २०२५’ मा मंगलबार राती ८ बजे गायिका तृष्णा गुरुङको व्याण्डको प्रस्तुति दिँदा एक्स्पोको माहोल तातेको थियो । अहिलेकी युवा पुस्तामा निकै नै लोकप्रिय गायिका तृष्णा गुरुङले साँझको बेला, गुरासै फुल्यो बोलको गितबाट प्रस...

अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै उपाधि चौथो पटक जितेको हो । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १५ रनको योगफल बनायो । अरन...

१०२ पटक रक्तदाता गर्ने हरिमोहन श्रेष्ठ सम्मानित

१०२ पटक रक्तदाता गर्ने हरिमोहन श्रेष्ठ सम्मानित
विराटनगर / माघ १५ उन्नाइसौं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवसको अवसरमा १०२ पटक रक्तदान गरेका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । मंगलबार उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका हुन् । नेपाल स्वयमसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर–७, देवकोटा चोकमा गरिएको कार्यक्रममा अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताउँदै एक सय भन्दा बढी पटक रक्तदान...

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा
विराटनगर ÷ चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरिने भएको छ । बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति च...

९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच
विराटनगर ÷ विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—११ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो । शिविर...

ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन   

ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन   
भोजपुर, १५ माघः  ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)ले २० किसानलाई एकमहिने (१६० घण्टे) पशु स्वास्थ्यसम्बन्धी अभ्यासमूलक प्रशिक्षण दिएको हो । एक महिनासम्म सञ्चालन भएक...

   गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि   

   गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि   
गोरखा, १५ माघः जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिनुभयो । ‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थ...

शीतलहरबाट जनजीवन प्रभावित   

शीतलहरबाट जनजीवन प्रभावित   
सुन्दरहरैँचा (मोरङ), २०८१ माघ १५ गते मंगलबार । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका ज...

लोकतन्त्रलाई सस्थागत विकास गर्न राससको भूमिका महत्त्वपूर्ण हुन्छः मुख्यमन्त्री शाह   

लोकतन्त्रलाई सस्थागत विकास गर्न राससको भूमिका महत्त्वपूर्ण हुन्छः मुख्यमन्त्री शाह   
सुदूरपश्चिम, १५ माघः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति (रासस)जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको टोलीसँग आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले राससको विकासमा प्रदेश सरकारले...