विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको सपथग्रहण

विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको सपथग्रहण
विराटनगर÷ विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो । मंगलबार महानगरपालिकाको सभाकक्षमा आयोजि...

१६ वर्षमुनिका बालबालिकाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क परीक्षण

१६ वर्षमुनिका बालबालिकाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क परीक्षण
विराटनगर २२ असोज । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले तीन दिने निःशुल्क आँखा शिविर शुरु गरेको छ । प्रत्येक वर्ष अक्टोबर महिनाको दोश्रो विहीबार विश्वभर मनाईने विश्व दृष्टि दिवसको अवसरमा असोज २१ देखि २३ गते सम्म अस्पतालमा १६ वर्षभन्दा मुनीका बालबालिकाका लागि निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको आज अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । उपचार हुन सक्ने रोगले समेत बालबालिका...

कमल भक्तको निर्देशन तथा कोरियोग्राफीमा “तिमि लाई माया दिन ” सार्वजनिक

कमल भक्तको निर्देशन तथा कोरियोग्राफीमा  “तिमि लाई माया दिन ” सार्वजनिक
गायक सुरेश राना र गायिका दीपिका वयम्बु मगरको स्वरमा रहेको पप आधुनिक गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश राना को शब्द तथा सगीत रहेको गीतमा स्काई म्युजिक ले ध्वनि उत्पादन तथा सजावट गरेको छ । भिडियो तर्फ दिलिप सिंह र सुस्मा श्रेस्ठको अभिनय रहेको छ । अभय चौधरीको छांयाकन रहेको भिडियोमा सम्पादन तथा रङ संयोजन नबिन घर्ति को रहेको छ भने निर्देशन तथा कोरियोग्राफी कमल भक्तको रहेको छ । ...

महानगरद्वारा बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्भ

महानगरद्वारा बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्भ
विराटगगर÷ विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिनेछ । विराटनगरको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर बैजनाथपुर अस्पतालबाट प्रसूति सेवा शुभारम्भ गरिएको मेयर कोइरालाले बताउनुभय...

विराटनगरका अधिकांश माछा–मासु पसलमा सरसफाईको कमी

विराटनगरका अधिकांश माछा–मासु पसलमा सरसफाईको कमी
विराटनगर÷ विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको अनुगमन टोलीले भेटेको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा माछा–मासु निर्देशिकाविपरीत व्यवसाय सञ्चालन गरेको पाइएको हो । पछिल्ला केही दिनयता महानगरले माछा–मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । दशैंलगायतका चाडपर्वको मौ...

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन २२ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन २२ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब विचारहरुले डेरा जमाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने संकेत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला...

४३ युट्युब कारबाही गर्न प्रहरीलाई पत्राचार, तीन अनलाइन कालोसूचीमा

४३ युट्युब कारबाही गर्न प्रहरीलाई पत्राचार, तीन अनलाइन कालोसूचीमा
काठमाडौँ, असोज २१ गते । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारबाहीका लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसार...

विराटनगर महानगरद्वारा मासु पसलको अनुगमन

विराटनगर महानगरद्वारा मासु पसलको अनुगमन
विराटगगर÷ विराटनगर महानगरपालिकाले माछा–मासु पसलको अनुगमन सुरु गरेको छ । दशैंलगायतका चाडपर्वको मौका छोपी व्यवसायी माछा–मासु निर्देशिकाविपरीतको कार्य गर्ने सम्भावना बढेका कारण महानगरले अनुगमन सुरु गरेको हो । अनुगमन टोलीले महानगर क्षेत्रभित्र सञ्चालित सबै माछा–मासु पसलको अनुगमन गर्ने जनाएको छ । महानगरपालिकाका तर्फबाट राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि...

खुर्कोटमा बेलिबृज जडान शुरू

खुर्कोटमा बेलिबृज जडान शुरू
काठमाण्डौ – सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान शुरू गरेको छ । सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न हिजोदेखि बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले सुनकोशी न...

टी २० महिला विश्वकपमा भारत र वेस्ट इन्डिज विजयी

टी २० महिला विश्वकपमा भारत र वेस्ट इन्डिज विजयी
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्यपछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । पाकिस्तानकी फातिमा सानाले २ विकेट लिइन् । यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । पाकिस्तानकी निदा दारले २८...