सामूहिक बलात्कारमा परेकी किशोरीलाई पहिले प्रलोभन, पछि धम्की
रुपन्देहीमा एक किशोरीमाथि भएको सामूहिक बलात्कारमा वडाध्यक्षका छोरा र दुई जना कर्मचारीको संलग्नता पाइएको छ । भदौ ५ गते कोटहीमाई गाउँपालिका घर भएकी १८ वर्षीया किशोरी लुम्बिनी घुम्न जाँदा उनीहरुले बलात्कार गरेको पुष्टि भएको छ ।
उक्त गाउँपालिकाका प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजर्कता मुकेश चौधरी र शैलेश पाण्डेले किशोरीलाई प्रलोभनमा सामूहिक करणी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्...














