प्रकाश पकुवालको प्रेमपत्र
प्रिय प्यारी सरिता,
लाखौंलाख माया अनि अनेकौं सम्झना ।
तिमीलाई मैले गर्ने सम्बोधनमा कुनै परिवर्तन आएको छैन, परिवर्तन आवश्यक छजस्तो पनि लाग्दैन । तिमी मेरो लागि हिजो प्रिय थियौ, आज प्रिय छ्यौ, अनि भोलि पनि हुनेछ्यौ । एकचोटी माया गरिसकेको, मन मुटु, साँटिसकेको मान्छे उत्ति नै प्यारो र प्रिय हुँदोरै’छ आखिर हजारौं चोट दिएको किन नहोस् ।
पूर्णिमाको रातमा टहटह चम्किएको चन्द्रमाले शान्त अनि शितल प्...














