हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन
काठमाडौं । हामी र हाम्रो कृति समाजले आज संयुक्त मुक्तक संग्रह विमोचन सम्पन्न गरेको छ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटारमा उक्त मुक्तक संग्रह विमोचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामना आदान– प्रदान, संस्थाको वार्षिकोत्सव, अतिथि सम्मान, आजीवन सदस्यहरूलाई प्रमाण–पत्र वितरण तथा संस्थामा आ...














