प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोनबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न राजदूत एलिजावेथ शुक्रबार अपरान्ह जंगी अड्डा पुगेकी थिइन् । भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। छलफलमा सैनिक सहायतालगायतका विषयमा छलफल भएको थियो ।

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये ...

तीन महिनापछि अफगानिस्तानबाट ३२ नेपालीको उद्दार

तीन महिनापछि अफगानिस्तानबाट ३२ नेपालीको उद्दार
लामो प्रतिक्षापछि अफगानिस्तानको राजधानी काबुलबाट ३२ जना नेपालीहरुको उद्दार भएको छ। रोजगारीका लागि पुगेका तर बेरोजगार अवस्थामा रहेका ३४ जना मध्ये २ जना कात्तिक ४ गते फर्केका थिए भने काजगात नभएका ३२ जना इरान, दुबई हुँदै भोलि विहान पौने १० बजे काठमाडौं आइपुग्दैछन्। उनीहरुले काबुल छाडेका छन्। नयाँ दिल्लीस्थित नेपाली कार्यवाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार ३२ जना नेपालीहरु आज काबुलबाट इरानको ...

धिरज र अदितीको ‘बाबरी’को छायांकन सुरु

धिरज र अदितीको ‘बाबरी’को छायांकन सुरु
चलचित्र ‘बाबरी’को छायांकन फेरि सुरु भएको छ । काठमाडौंमा गीतको छायांकन गर्दै चलचित्रको रोकिएको काम सुरु गरिएको निर्माणपक्षले बताएको छ । निषेधाज्ञा अगाडि करिब २ साता यो चलचित्रको छायांकन पूर्वका रमणीय स्थानमा भएको थियो । तर, कोरोना महामारी बढेसँगै चलचित्रको छायांकन रोकेर यसको निर्माणपक्ष काठमाडौं फर्किएको थियो । यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन काठमाडौंमा गरिनेछ । यसपछि यसको निर्माणपक्ष...

‘गिनिज बुक’ मा नाम लेखाउँदै ११९ वर्षीया बाटुली लामिछाने

‘गिनिज बुक’ मा नाम लेखाउँदै ११९ वर्षीया बाटुली लामिछाने
सिन्धुली । बिहान-बेलुका दूधसँग मसिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् । दाँत झरेका कारण मुखबाट समय-समयमा केही र्‍याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर...

अलमुताइरीले गरे सम्झौता नवीकरण, अब तीन वर्ष नेपाल बस्ने

अलमुताइरीले गरे सम्झौता नवीकरण, अब तीन वर्ष नेपाल बस्ने
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीले आगामी तीन वर्षसम्म नेपालमै बस्ने भएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप दुई वर्षका लागि सम्झौता नवीकरण गरेका हुन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । प्रो-लाइसेन्स प्राप्त अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो...

एभरेष्ट बैंकले गर्‍यो लाभांश प्रस्ताव, बोनस कति?

एभरेष्ट बैंकले गर्‍यो लाभांश प्रस्ताव, बोनस कति?
एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारि...

यस्तो बन्यो ’मखमली’ सार्वजनिक

यस्तो बन्यो ’मखमली’ सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक कमल घले र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । आपसमा दिदि र भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिए...

राशिफल वि.सं. २०७८ कार्तिक १२ गते शुक्रवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल वि.सं. २०७८ कार्तिक १२ गते शुक्रवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७८ कार्तिक १२ गते शुक्रवार तदनुसार ई. सं. २०२१ अक्टोबर २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, चन्द्रास्त : दिउँसो ११:५५ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:४१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, पोखरा, कास...

फेसबुकको नाम परिवर्तन

फेसबुकको नाम परिवर्तन
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तित नाम मेटा रहेको छ । फेसबुक सिइओ मार्क जुकबर्गले एक कार्यक्रम गरेर फेसबुकको नाम परिवर्तन गरेका छन् । कम्पनी नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्रामलगायतका नाम भने यथावत नै रहने जुकरबर्गले बताएका छन् । फेसबुकले नाम परिवर्तन गर्ने उद्देश्यले गरेको कनेक्ट इभेन्टमा फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको ...