कवि अनु शाहको “अनुराग” लोकार्पित
चौध बर्षदेखि निरन्तर प्रकाशित रहेको मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रा.लि.को आयोजनामा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कवितासङ्ग्रह “अनुराग”को लोकार्पण सम्पन्न भएको छ ।
पूर्व प्रधानमन्तरी केपी ओली तथा मञ्चासिन अतिथिहरु माननीयहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, नायक कृष्ण मल्ल, साहि...