लोकगायक एवं संस्कृतिविद् उपाध्याय सम्मानित
काठमाडौं । वरिष्ठ लोकगायक एवं संस्कृतिविद् यज्ञराज उपाध्याय चितवन साहित्य परिषद्को 'चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार-२०८०'बाट सम्मानित भएका छन्।
लामो समयदेखि नेपाली, भाषा, साहित्य र संस्कृतिको विविध पक्षमा योगदान पुर्याएको भन्दै परिषद्ले उनलाई सम्मान गरिएको जनाएको छ।
उपाध्यायलाई काली-कर्णालीको लोकजीवन, लाोकसाहित्य, लोककथा, लोकगीत, लोकमन्त्र, चाडपर्व, लोकबाजा, लोकनृत्य र लोकवार्ता सम...














