‘बहिनी’ भन्ने ‘दाजुलाई’ नीताको प्रश्न–‘तपाईंको उमेर कति भयो ?’
नेपाली चलचित्र क्षेत्रमा परिवारवादको मुद्दा चलिरहेको छ । केही कलाकारहरूले यो विषयमा आवाज उठाएपछि अहिले यसमा २ प्रकारको तर्क देखिएको छ । चलचित्र क्षेत्रमा परिवारवाद हाबी छ भन्ने कलाकार निकै कम देखिएका छन् । ग्रुपिज्म हाबी छ भन्ने चलचित्रकर्मीको संख्या केही बढी रहेको देखिन्छ ।
नायिका नीता ढुंगानाले नेपाली चलचित्रमा परिवारवादभन्दा पनि समूहवाद हाबी भएको तर्क गरिन् । नीता, नायिका नम्रता सापकोटा, वर्...