दीपक मनाङेले दिए विकास समितिबाट राजीनामा
पोखरा — गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिका सभापति दीपक कोइरालालाई आइतबार राजीनामा बुझाएको उनले बताए ।
क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकोले राजीनामा दिएको उनले बताए । ‘पाएको अधिकार प्रयोग गर्न नसक्ने समितिमा बसेर कामै छैन,’ कान्तिपुरसँग उनले भने, ‘केही...