नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाएर चर्चामा आएका दिपक राज गिरी र दीपा श्री निरौलाले बाहिरि व्यानरसंगको सहकार्यमा फिल्म निर्माण गर्देछन् । ६ एकान ६ माफर्त फिल्म निर्माणमा हात हालेका यी दुईले हाललाई छक्का पञ्जाको सिरिजलाई रोक्दै गाजुल फेम निर्माता रोहित अधिकारीसंग मिलेर फिल्म निर्माण गर्देछन् । फिल्मको नाम हो “छ माया छपक्कै” । यस फिल्मको घोषणा भएलगत्तै फिल्ममा दिपककी नायिकाको को होलिन् भनेर खुबै चर्चा भयो ।

 

बजारमा केकी अधिकारीको नाम गाँइगुई पनि चल्यो । अन्तत फिल्ममा केकी अनुबन्धित भएकीछिन् । फिल्ममा उनी दिपकको नायिका बनेर स्क्रिन सेयर गर्नेछिन् । आइतबार केकी र फिल्मका निर्माताबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो । “छ माया छपक्कै”लाई “घामपानी” र “गोपी” फेम निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । फिल्म कमेडी लभस्टोरीमा आधारित हुनेछ ।

सामाजिक कथाबस्तुलाई नै फिल्मको मुख्य कथाबस्तु बनाईनेछ । यस फिल्ममा दिपकले खासमा कुनै लगानी गरेका छैनन। उनले ५० प्रतिशत मुनाफा लिने सर्तमा सहकार्य गरेका हुन् । सबै लगानी रोहितले नै गर्नेछन् तर फिल्म नाफामा गएको खण्डमा त्यसको ५० प्रतिशत मुनाफा दिपकले पाउनेछन् ।

 

फिल्ममा हालसम्म दिपक , केदार घिमिरे , जितु नेपाल , केकी अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्ममा कथा, पटकथा तथा संवाद दिपककै रहनेछ भने संगित दिपक शर्मा र छायांकन हरि हुमागाइको रहनेछ । छिट्टै फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म आउँदो दशैमा रिलिज हुनेछ । जुन समय यो फिल्मले अशोक शर्माको रातो टिका निधारमासंग प्रतिष्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया