विराटनगर, बैशाख २८ ।
मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरू विच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ३४औं कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पहिलो पटक सञ्चारकर्मीहरूसँग भेटघाट तथा छलफल गर्दै देशको समग्र आर्थिक अवस्थाको बारेमा जानकारी गराइएको थियो ।

कार्यसमिति अध्यक्ष उद्योगी अनुपम राठीले देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए । सरकारको गलत नीतिका कारण उद्योग व्यापार क्षेत्र तहसनहस अवस्थाबाट गुज्रिरहेको अध्यक्ष राठीले बताए । संघका निवर्तमान अध्यक्ष नविन रिजालले देशको गलत अर्थनीतिका कारण रोजगारीका लागि युवाहरू विदेशमा श्रम गर्न बाध्य भएको बताए । संघका नवनिर्वाचित पदाधिकारीहरूले नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे, नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवाहक अध्यक्ष तारा आचार्य, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरालालाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया