दलित समुदायका दुई जनाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विश्वको सर्वोच्च सिखर सगरमाथाको सफल आरोहण गरेको दाबी गरेका हुन । देशको गौरव मुलुकको सान दलितहरुको सगरमाथा आरोहण भन्ने मुल नाराका साथ आफुले सगरमाथा आरोहण गरेको दलित समुदायको तर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला कुमारी ज्ञानमाला रन्पालले जानकारी दिनुभयो । उहाले आफु महिला भएको र महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको मान्यतालाई चिर्न सगरमाथा आरोहण गरेको बताउनुभयो । ज्ञानमालाले सरगरमाथा आरोण गर्ने प्रेरणा सगरमाथामा पहिलो पाइला टेक्ने नेपाली महिला पासाङ ल्यामु शेर्पाबाट मिलेको जानकारी दिनुभयो । सगरमाथाको चुचुरोमा पाइला टेक्दा आफुलाई निकै खुशीलागेको उहाको कथन छ । मृत्युुसंग पैठेजारी खेल्दै गरिएको आरोहणमा आफुले आप्नो बुवालाई आसचर्य चकित पार्न सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र आफ्नो बुवाको फोटो लिएर सगरमाथाको चुचुरोमा प्रदर्शन गरेको बताउनुभयो । कुमारी ज्ञानमालाले भनिन समाजमा रहेको छुवाछुत र हेला होचोका विरुद्ध पनि सगरमाथ आरोहण गर्दा दलित समुदाय र दलित महिलालाई हेर्ने दृष्टिकाणमा परिवर्तन आउने भएकाले म सगरमाथा आरोहण गर्न हौसिएको हुँ ।सगरमाथाको आरोहणमा झण्डै आफ्नो दुई आखा र हात गुम्न लागेको अवस्थाबाट आफु बचेको समेत उहाको भनाइ छ । सगरमाथाको पहिलो पटक आरोहण गरेर किर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्माले सगरमाथामा दलित महिलालाई समेत सफल आरोहण गराउन आफु सफल भएको बताउनुभयो । उहाले सगरमाथा आरोहण गर्न पहिले साना–साना हिमालहरुको आरोण गर्नुपर्ने जानकारी दिनुभयो । आफुले पहिले पनि सगरमाथा आरोहण गरिसकेकाले केही सजिलो भएको उहाले बताउनुभयो । विश्वकर्माले सगरमाथामा पाइला टेक्दा गौरवको अनुभुति भएको बताउनुभयो । सगरमाथामा ट्राफिक जाम हुनुमा राज्यको कमजोरी रहेको विश्वकर्माको भनाई छ । २ महिनाको विदा लिएर घरमै बसेर सगरमाथाको बारेमा जानकारी दिने निकायको कमजोरी रहेको उहाको भनाइ रहेको छ ।सरगरमाथाको चुचुरोमा पाइला टेकेर फर्किदै गर्दै अक्सिजन सकिएर आफुलाई निकै अप्ठारो भएको घिमिरेको भनाइ छ । यसरी विभिन्न अप्ठेराहरुका बाबजुत पनि आफुहरुले सगरमाथाको आरोहण गरेको उहाले बताउनुभयो । उहाले सगरमाथामा आरोहण गर्ने आरोहीले आरोहण सकिएपछि आफुले लगेका विभिन्न सामानहरु त्यही छोड्ने भएकाले फाहोर बढेको बताउनुभयो । सगरमाथाको आरोहण गरेर फर्के पनि आफुहरुलाई राज्यले व्यवास्ता गरेको उनीहरुको भनाइ छ । विभिन्न अप्ठेराहरुका कारण पनि २०७६ साल जेष्ठ ९ गते विहान १० बजे र १० मिनेटमा सगरमाथाको चुचुरोमा नेपालीको सान खुकुरी प्रदर्शन र नेपालको राष्ट्रिय झण्डा फहराउदा आफुहरुलाई गौरव लागेको उहाहरुको भनाइ छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आजको राशिफल : वि.सं. २०८१ वैशाख २८ गते शुक्रबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम...
हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् । मेयर साम्पाङले ख...
पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ
काठमाडौँ । फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का, आ...
भाइरल गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका ...
टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालकोप्रस्ताव- धनगढीमा पनि गरौं
धनगढी, २६ वैशाख । धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका...
पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्...