- ज्याे. पं. तुलसी भारद्वाज निरौला

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिला सुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । पढाइ लेखाइमा पनि प्रगति गर्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।

तपाईको प्रतिक्रिया