आर पोखरेल, काठमान्डाँै ।
बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको सम्पादन कार्य भै रहेको छ । कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा फरक तरिकाबाट प्रेमलाई प्रस्तुत गरिएको निमार्ण पक्षले बताएको छ । चलचित्रबाट राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन भने दिपक राई,कला राई, गङा कुवर,लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे,बिशाल सुनुवार,लक्ष्मण भण्डारी को अभिनय रहेको छ ।

रामकृष्ण कडेल को छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य कविन खड्का को श्रीङार रहेको छ भने गीत दिपेन्द्र खड्का ,शंकर अधिकारी घायल,संगीत ,पुरुषोत्तम न्यौपाने ,पुष्कर सुनुवार र शंकर अधिकारी घायलको छ भने नित्याशिवा,पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी र ममता मगर को स्वर रहेको छ । चलचित्रलाई पौष ११ गते अल नेपाल रिलिज गर्ने लक्ष्य राखिएको निमार्ण पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया