२६ वैशाख, काठमाडौं । कलंकीमा आफन्त कहाँ बसेर अध्ययनरत् विद्यार्थी एक सातादेखि बेपत्ता छिन् । चितवन कालिका नगरपालिका-६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् ।

उनी १९ वैशाखदेखि सम्पर्कमा नआएपछि भोलिपल्ट जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर खोतलासका लागि निवेदन दिएको आमा शोभा लामिछानेले बताइन् । उनका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, एक जना डीएसपीको नेतृत्वमा टोली नै बनाएर उनको खोजतलास भइरहेको छ । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारी बताउँछन् ।

स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ छ । उनको खोजीका लागि उपत्यकाका विभिन्न नाकाको क्लोज सर्किट (सीसी) क्यामराको समेत प्रहरीले जाँच गरिसकेको छ । अन्य विभिन्न विधिबाट पनि खोजतलास जारी राखिएको अधिकारीले बताए ।

उनलाई कसैले कतै देखेको भए नजिकको प्रहरी कहाँ सम्पर्क गरिदिन परिवारले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया