नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सीको आयोजनामा अमेरिकाको कोलोराडो, डेनभरमा ‘तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ भब्य रुपमा सम्पन्न भएको छ। नेपाली चलचित्र र कला क्षेत्रमा योगदान दिने व्यक्ति हरुलाई सम्मान गर्ने उदेश्य बोकेको ग्लोबल नेपाली फिल्म अवार्डले यस वर्ष पनि विभिन्न चलचित्रकर्मी, र कलाकर्मीलाई सम्मान स्वरुप अवार्ड प्रदान गरेको छ । उक्त अवार्डमा सहभागी हुन नेपाल लगायत विश्वभरबाट नेपाली कलाकारहरु कोलोराडो पुगेका थिए ।
जनवरी ५ तारिखमा सम्प्पन उक्त ‘तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ लामो समय देखि नेपाली कला र चलचित्र क्षेत्रमा काम गर्दै आएका फिल्म निर्देशक एभरेष्ट सुर्य बोहरा अमेरिकामा पहिलो ‘बरिश्ठ सिनेकर्मी स्व.गेहेन्द्र धिमाल स्‍मृति पुरुस्कार २०१८ ‘ र नेपाल फिल्म सोसाइटी एबम अभियान संस्थाको तर्फ ‘ अभियान श्री पुरुस्कार ‘ बाट एकै पटक सम्मानित भएका छन् ।

नेपाली कला क्षेत्र र चलचित्र क्षेत्रमा निरन्तर उत्कृष्ट योगदान दिएको भन्दै निर्देशक एभरेष्ट सुर्य बोहरालाई अवार्ड प्रदान गरिएको हो । निर्देशक एभरेष्ट सुर्य बोहरा नेपाली चलचित्र क्षेत्रमा निरन्तर लागि रहेका एक मात्र अग्रज फिल्म निर्देशक हुन् । साथै निर्देशक बोहरा यति बेला चलचित्र हेल्लो जिन्दगीको निर्माण तयारीमा जुटेका छन् , जुन चलचित्रको बेलायतमा छायांकन हुने भएको छ । अवार्ड पाए संगै निर्देशक एभरेष्ट सुर्य बोहराको चर्चा यति बेला नेपालमा मात्रै नभई विश्वभर आकासिएको छ ।

 

तपाईको प्रतिक्रिया