एजेन्सी – क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको जोडी निकै चर्चित जोडी हो । पछिल्लो समय यो सुन्दर जोडीको फ्यानहरु निकै बढिरहेका छन् । केही समय पहिले मात्र विवाह बन्धनमा बाधिएका यो सुन्दर जोडी विवाह गर्न पनि उनीहरू इटली पुगेका थिए।सन् २०१३ मा शैम्पुको विज्ञापन सुटिङका क्रममा विराट र अनुष्काको भेट भएपछि उनीहरूको प्रेम सुरु भएको थियो ।

भारतमा गरिएको विवाहको तयारी उनीहरू गोप्य राख्न सफल पनि भए। विवाहको जानकारी कसैलाई नहोस् भन्नका लागि अनुष्काले क्याटरिङ बुकिङमा बेहुलाको नाम विराट नराखी ‘राहुल’ राखेकी रहिछन्।उक्त कुराको खुलासा नायिका अनुष्काले एक अन्तबार्तामा गरेकी थिइन् ।हालै एक अन्तर्वार्तामा नायिका अनुष्का शर्माले सेलिब्रटीको विवाह भएको कसैले पनि थाहा नपाओस् भनेर विराटको नाम परिवर्तन गरी राहुल राखिएको बताएकी छिन्।

तपाईको प्रतिक्रिया