मह संचारको व्यानरमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारीको चर्चा यस फिल्मका स्टारकास्टसंगै भिजिट भिषा बोलको गीतको कारण पनि चर्चामा रहेको छ । शत्रु गतेको सफलतापछि निर्माण गरिएको दाल भात तरकारी र्मिाण टिमले पहिलो गीतको अपार सफलतापछि दोस्रो गीत रिलिज गर्ने तयारीमा रहेका छन् । फिल्मको शिर्ष गीत रिलिज गर्नु पूर्व निर्माण टिमले सो गीत तस्बिरहरु सार्वजनिक गरेको छ ।

जुन तस्बिरमा हरिवंश आचार्य र निरुता सिंह सेफको अवतारमा देखिएका छन् भने अर्का नायक नायिका पुष्प खड्का र आँचल शर्मा पनि निकै फन मुडमा देखिएका छन् । राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको सो गीतमा हरिवंशकै शब्द र शम्भुजित बास्कोटाको संगित रहेको छ । फिल्मलाई किरणको फिल्मलाई उनकै छोरा सुदन केसीको डेब्यु निर्देशन गरेका छन् । बैशाख १३ गतेबाट अलनेपाल रिलिज हुन लागिरहेको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ , प्रियंका कार्की, वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया