गत वर्षको फागुनमा लगनगाँठो कसेका नेपाली चलचित्र क्षेत्रका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् ।
केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए । अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । दुबैले धुमधामको क्रममा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।
अभिनेत्री वर्षाले पेरिस पुगेसँगै श्रीमान् संजोगसँगका केही रोमान्टिक तस्वीर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तस्वीरमा दुबै रोमान्टिक देखिएका छन् । एक तस्वीरमा वर्षालाई संजोगले अंगालोमा लिएका छन् । भने, दोस्रो तस्वीरमा वर्षाले संजोगलाई गालामा चुम्बन गरेकी छन् । दुबै तस्वीरको पृष्टभूमिमा एफिल टावर देख्न सकिन्छ ।
बैबाहिक जीवनमा बाँधिएको करीब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन् । किनकि, विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म ’जात्रै जात्रा’ को छायांकनमा व्यस्त हुनु परेको थियो । जात्रैजात्राको फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन् । विवाह पूर्व उनीहरु ७ वर्ष अफेयरमा थिए ।
गएको शुक्रवार त्रिभुवन विमानस्थलमा श्रीमान् संजोगसँग भेटिएकी वर्षाले हनिमुन ट्रिप करीब तीन साताको हुने बताएकी थिइन् । बैशाख २० मा आउने फिल्म ’दाल भात तरकारी’ को प्रमोसनमा सहभागी हुन नपाउने जानकारी गराउँदै उनले जेठ ३ मा रिलिज हुने फिल्म ’जात्रै जात्रा’ को प्रमोसनको बेला भने आफू काठमाडौं आइपुग्ने वाचा गरेकी छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने ...
किच किच सार्बजनिक
गायक विजय घिमिरे ( भि जे ) र जे अथर को नयाँ गीत किच किच सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र यु...
डि आर अटुको निर्देशनमा ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अट...
उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिन...
फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज
मोरङ : फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल के...
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले ...