फिल्म वीर विक्रम २ को गलत समिक्षा , गालीगलौज र कलाकारको मानहानी गरेको आरोपमा प्रक्राउ परेका युटयुव च्यानल मिम नेपालका प्रमेश गौतम थप २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । गौतमलाई हिरासतमा राखेर मुद्धाको अनुसन्धान गर्न आदेश दिईएको हो । फिल्मका निर्माता एवं निर्देशक मिलन चाम्सले आफनो फिल्मको समिक्षा अश्लिल अनि भद्धा तरिकाले गरेको र आफनो कलाकारहरुको समेत अपमान र बेईज्जत गरेको भन्दै उजुरी दिएका थिए । उजुहरीसंगै ५ दिन अघि गौतम र अर्का आदर्श मित्रलाई प्रक्राउ गरिएको थियो । तर आदर्श मित्र लाई भने साधारण तारेखमा रिहा गरिएको छ ।

उनले एक करोड सम्मको क्षतिपुर्ति माग गर्दै उजुरी दिएका थिए । प्रमेशले फिल्मको समिक्षा गर्ने समय हतियार देखाउँदै अश्लिल भद्धा शब्दहरुको समेत प्रयोग गरेका थिए भने फिल्मका कलाकारहरुको बेईज्जत र अपमान हुने गरी अभिव्यक्ति दिएका थिए । प्रमेशले गरेको व्यवहारको कारण चाम्सले उजुरी दिए । जुन उजुरीमा थुप्रै चलचित्रकर्मीहरुले साथ दिएका थिए । यता प्रमेशलाई थप हिरासतमा राखिएपछि यो मुद्धाले यतिबेला चर्काे आलोचना र बहष भईरहेको छ । मिलनलाई केही पक्षले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् भने मिलनले प्रमेशप्रति अरु कुनै नियत नभई सबक सिकाउन भने आवश्यक ठानेर उजुरी दिएको बताएका छन् ।

उनले १ करोड क्षतिपुर्ती भने आवेशमा आएर भनेको प्रतिक्रिया दिएका छन् । यसैबीच मिलन चाम्सलाई नेपाल चलचित्र निर्माता संघ ,नेपाल चलचित्र संघ , नेपाल चलचित्र निर्देशक संघ , नेपाल चलचित्र कलाकार संघ , नेपाल चलचित्र प्राविधिक संघ , चलचित्र पत्रकार संघ नेपाल , नेपाल चलचित्र उपकरण व्यवसायी संघ ,नेपाल चलचित्र द्धन्द संघ , नेपाल चलचित्र नृत्यकार संघ ,आदिवासी जनजाती चलचित्र महासंघले समर्थन गरेको छ । यी सबै संघले समिक्षा गर्ने पनि सिमा हुन्छ , पत्रकारको पनि नैतिकता हुन्छ भन्दै आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया