एजेन्सी । बलिउड अभिनेत्री दिशा पटानी सलमान खानको सिनेमा भारतका कारण चर्चामा आइन्। सलमानलाई उमेर भइसकेको भन्ने बयानका कारण एउटा चर्चा बटुलेकी त थिइन नै उनी फेरि अर्को कारणले चर्चामा छिन्।

सिनेमामा मुख्य अभिनेत्रीको भूमिकामा क्याटरिना कैफले काम गरेकी छन्। क्याटरिना सिनेमामा भए पनि यी दुबै अभिनेत्रीले एकसाथ स्क्रिन साट्ने मौका भने पाएनन्। यसले गर्दा उनी निराश छिन्।

दुबैको एकसाथमा दृश्य नभएपछि सिनेमाको सुटिङ तालिका फरक भयो। यसरी तालिका फरक हुँदा क्याटरिनालाई भेट्न नपाएको दिशा निराश भएकी हुन्। दिशाका अनुसार उनी क्याटरिनाकी एकदमै ठूलो प्रशंसक हुन्।

तपाईको प्रतिक्रिया