दलित समुदायका दुई जनाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विश्वको सर्वोच्च सिखर सगरमाथाको सफल आरोहण गरेको दाबी गरेका हुन । देशको गौरव मुलुकको सान दलितहरुको सगरमाथा आरोहण भन्ने मुल नाराका साथ आफुले सगरमाथा आरोहण गरेको दलित समुदायको तर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला कुमारी ज्ञानमाला रन्पालले जानकारी दिनुभयो । उहाले आफु महिला भएको र महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको मान्यतालाई चिर्न सगरमाथा आरोहण गरेको बताउनुभयो । ज्ञानमालाले सरगरमाथा आरोण गर्ने प्रेरणा सगरमाथामा पहिलो पाइला टेक्ने नेपाली महिला पासाङ ल्यामु शेर्पाबाट मिलेको जानकारी दिनुभयो । सगरमाथाको चुचुरोमा पाइला टेक्दा आफुलाई निकै खुशीलागेको उहाको कथन छ । मृत्युुसंग पैठेजारी खेल्दै गरिएको आरोहणमा आफुले आप्नो बुवालाई आसचर्य चकित पार्न सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र आफ्नो बुवाको फोटो लिएर सगरमाथाको चुचुरोमा प्रदर्शन गरेको बताउनुभयो । कुमारी ज्ञानमालाले भनिन समाजमा रहेको छुवाछुत र हेला होचोका विरुद्ध पनि सगरमाथ आरोहण गर्दा दलित समुदाय र दलित महिलालाई हेर्ने दृष्टिकाणमा परिवर्तन आउने भएकाले म सगरमाथा आरोहण गर्न हौसिएको हुँ ।सगरमाथाको आरोहणमा झण्डै आफ्नो दुई आखा र हात गुम्न लागेको अवस्थाबाट आफु बचेको समेत उहाको भनाइ छ । सगरमाथाको पहिलो पटक आरोहण गरेर किर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्माले सगरमाथामा दलित महिलालाई समेत सफल आरोहण गराउन आफु सफल भएको बताउनुभयो । उहाले सगरमाथा आरोहण गर्न पहिले साना–साना हिमालहरुको आरोण गर्नुपर्ने जानकारी दिनुभयो । आफुले पहिले पनि सगरमाथा आरोहण गरिसकेकाले केही सजिलो भएको उहाले बताउनुभयो । विश्वकर्माले सगरमाथामा पाइला टेक्दा गौरवको अनुभुति भएको बताउनुभयो । सगरमाथामा ट्राफिक जाम हुनुमा राज्यको कमजोरी रहेको विश्वकर्माको भनाई छ । २ महिनाको विदा लिएर घरमै बसेर सगरमाथाको बारेमा जानकारी दिने निकायको कमजोरी रहेको उहाको भनाइ रहेको छ ।सरगरमाथाको चुचुरोमा पाइला टेकेर फर्किदै गर्दै अक्सिजन सकिएर आफुलाई निकै अप्ठारो भएको घिमिरेको भनाइ छ । यसरी विभिन्न अप्ठेराहरुका बाबजुत पनि आफुहरुले सगरमाथाको आरोहण गरेको उहाले बताउनुभयो । उहाले सगरमाथामा आरोहण गर्ने आरोहीले आरोहण सकिएपछि आफुले लगेका विभिन्न सामानहरु त्यही छोड्ने भएकाले फाहोर बढेको बताउनुभयो । सगरमाथाको आरोहण गरेर फर्के पनि आफुहरुलाई राज्यले व्यवास्ता गरेको उनीहरुको भनाइ छ । विभिन्न अप्ठेराहरुका कारण पनि २०७६ साल जेष्ठ ९ गते विहान १० बजे र १० मिनेटमा सगरमाथाको चुचुरोमा नेपालीको सान खुकुरी प्रदर्शन र नेपालको राष्ट्रिय झण्डा फहराउदा आफुहरुलाई गौरव लागेको उहाहरुको भनाइ छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
काठमाडौँ । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने ...
कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत
विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय प...
विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा ...
सूचना प्रविधि दशक घोषणा
काठमाडौं । सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्...
राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौड...
आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०२ गते बुधबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर,...