लामो समय देखि कोरियामा रहेर म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक हाङ चेम्जोङ अन्तर्राष्ट्रिय सामाजिक अवार्ड मा म्युजिक भिडियो निर्देशनमा छनोट भएका छन। तीन दर्जन माथी म्युजिक भिडियो हरु कोरिया मै बसेर निर्देशन गरिसकेका निर्देशक चेम्जोङ आफ्नो कामको उच्च कदर गरेको मा उत्साहित पनि छन ।
थुप्रै चर्चित गितकार तथा गायक गायिका हरुको गित हरुमा काम गरिसकेका र नेपाली गित संगीत लाई न्याय गरिरहेका एक मात्रै प्रबासि निर्देशक भन्दा फरक नपर्ला कोरिया मा । लगभग कोरियाको बसाई छोटिदै गर्दा यी र यस्ता संमान हरुले आफ्नो मेहनत को कदर गरेको महशुस हुन्छ मुसुक्क हास्दै भन्छन उनी । पछिल्लो समयमा उनको निर्देशनले सबैको मन जित्न सफल भएको छ ।
उक्त अवार्ड बहुबिधामा आधारित विषयमा समितीले नामावली सार्बजनिक गर्दै 2019 december 22 तारिखको दिन club 40 international and onlko संयुक्त आयोजनामा एक समारोह बिच प्रदान गर्ने घोषणा पनि गरेको छ । सामाजिक अभियान्ता हरुलाइ हौसला स्वारुप तथा कलाकार निर्देशक हरुलाइ काम को उच्च कदर गर्दै उक्त अवार्ड प्रदान गरिने कुरा पनि आयोजक समितिले बताएका छन