बुढानिलकण्ठ नेवा पुचले आर्थिक स्तर कमजोर भएका बालबालिका लाई शैक्षिक सामग्री वितरण गरेको छ।
नेवा पुचबाट संकलित रकमबाट शैक्षिक सामग्री वितरण गरेको हो । शुक्रबार काठमाडौंको बुढानिकण्ठस्थित जनउद्दार माध्यामिक बिध्यालयमा रहेका १० आर्थिक स्तर कमजोर भएका बालबालिकालाई सहयोग गरेकोछ। यसै बिच नेवा पुच संस्थालाई बिद्यालका प्रधानाध्यापकले यो कार्य स्रहानिय भएको भन्दै आगामी दिनमा पनि यस्ता सहयोगका काममा निरन्तर अघि बढन सुभकामना सहित खुशी व्यक्त गर्नु भएको भियो ।
नेवा पुचका अध्यक्ष आयन श्रेष्ठले सानो सहयोग पनि आर्थिक स्तर कमजोर भएका बालबालिकालाई ठूलो काम लाग्ने भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्ययनमा विशेष ध्यान दिन उनले बालबालिकालाई आग्रह गरेका छन्। ‘सेवानै धर्महो, सबै एकवद्ध भई मित्रभावले शैक्षिक उत्थानका लागि जुटौँ’ भन्ने उद्देश्यले सहयोग गरिएको नेवा पुचका अध्यक्ष आयन श्रेष्ठले बताए ।
Post navigation




































