काठमाडौं, / चर्चित सञ्चारमाकर्मी रवि लामिछानेको हजारौं समर्थक भए पनि कहिँ कतै बिरोध गर्ने व्यक्तिहरु पनि नभेटिएका होइनन् । उनले गरेको धेरै कामको धेरैले प्रशंसा गर्दा गर्दै पनि कतै आलोचना गर्ने किसिमका काम पनि भएका होलान कि भन्ने लाग्नु स्वाभाविक हो

किन भने कोहि त्यस्ता कामले रवीमाथि नै कहिलेकाँही ग म्भीर प्रश्न खडा गरेको हुन्छ । यस्तै अहिले सामाजिक सञ्जालमा मोडल आसिका तामाङले लामिछानेलाई इंगित गरेर लेखेको स्टाटसले पनि यस्तो सोच्न बाध्य बनाउछ ।

तामाङले न्युज २४ का कर्मचारीले चु रोट पिएको कुरालाई लिएर स्टाटस लेखेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर राख्दै यस्तो कुरा जानकारी गराएकी हुन् । उनले लेखेकी छन् , ‘आदरणीय रवि लामिछाने दाइ तपाईले गर्नु भएको हरेक कामको म ठुलो समर्थक हुँ र हजुरको काम प्रति मेरो सम्मान छ ।

आज म सोरखुट्टे अफिस देखी च’क्र’पथ हुँदै घर फर्कदै थिए बाटोमा साउदी राजदुतावास र अमेरिकी राजदुतावास को बिचमा जामले रोकिएको त्यही बिचमा मैले न्युज२४ को भ्यान देखे र भ्यान बाट बिच बाटोमै चुरोट खादै झ्यालबाट धुवा उडाउदै गर्दा त्यही भ्यान सङ्गै रहेको बाइकवालालाई असर गरिरहेको थियो ।

त्यही चु रोटको ठु टो बाटोमा फालेको देखे साथै यत्रो ठुलो आर्दशबादी पत्रकारका सहयोगी साथी कर्मचारीले अ’नैतिक सामाजिक कार्य र आफ्नो कर्तव्य पुरा गर्न चुकेको देख्दा अचम्मित भए । रबि दाइ आज एउटा मेरो गुनासो सिधा कुरा जनता सङ्ग आफ्नो कार्यलयको कर्मचारीलाई कृपया केही सामाजिक दायित्व सिकाइदिनु हुन हार्दिक अनुरोध गर्द छु ।’

अहिले उनको यो पोष्ट भाइरल भइरहेको छ । उनको यो पोष्टमा सकरात्मक र नकरात्मक दुबै खालका प्रतिकृयाहरु आइरहेका छन् ।

तपाईको प्रतिक्रिया