काठमाडौँ, पौष ५ गते ।
संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा भइरहेको पाँच दिवसीय ’प्रथम साहित्यिक मैत्रीपूर्ण ब्याडमिन्टन खेल’ को पाँचौँ दिनको फाइनल खेलको साथै अतिथिहरूको मैत्रीपूर्ण खेलहरूको प्रमुख अतिथि ३ नं. प्रदेश काठमाडौँ क्षेत्र नं. ६, ‘ख’ का सभासद् योगेन्द्र सङ्ग्रौलाले शुभारम्भ गर्नुभयो । सभासद् सङ्ग्रौलाले खेलाडीहरूलाई ब्याडमिन्टन ¥याकेट तथा कक हस्तान्तरण गरेर खेलको शुभारम्भ गर्नुभएको हो ।
समापन समारोहको शुभारम्भ गर्नुहुँदै माननीय सङ्ग्रौलाले आफ्ना सिर्जनामार्फत समाजलाई सही मार्ग देखाउने र सरकारका काम कारवाहीहरूमा खवर्दारी गर्ने साहित्यकारहरूले यसरी खेलको आयोजना गरेर आपूmलाई स्वस्थ र स्वच्छ राख्नु नमूनाको कार्य हो, भन्नुभयो । प्रमुख अतिथि सङ्ग्रौलाले खेलकुदका यस्ता गतिविधि सञ्चालनको लागि आपूmले सक्दो सहयोग गर्ने बताउँदै यसको लागि स्थानीयदेखि प्रदेश सरकारसम्म कुरा लैजाने बताउनुभयो ।
समापन कार्यक्रमका सभापति तथा साखेस नेपालका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले लेखक, साहित्यकारहरूलाई शारीरिक तथा भावनात्मक एकतावद्ध गर्दै गतिशील बनाउने उद्देश्यले स्थापना गरिएको साहित्यकार खेलकुद समाज नेपाल (साखेस) उद्देश्य अनुरूप खेलकुदका विभिन्न कार्यक्रहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
समापन कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रा.डा.गार्गी शर्मा, डा.सत्यराज थपलिया पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, टोखा न.पा.५ नं. वडाका अध्यक्ष जगन्नाथ ढकाल, टोखा न.पा. ११ नं. वडाका अध्यक्ष उत्तम अधिकारी, टोखा न.पा. ९ नं. वडा सदस्य रामभक्त घिमिरे, सुनौला तक्मा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उज्ज्वल जङ्ग ठकुरी, साखेस नेपालका पदाधिकारीहरू, शान्ति समाज टोल, गोङ्गबुँका जनसमुदायहरू लगायतको उपस्थिति रहेको थियो ।
पाँचौँ दिनको तेस्रो स्थानको लागि भएको पहिलो खेलमा पुरुष डबलमा थरेन्द्र बराल र धरणीधर गुरागाईको जोडीले प्रशान्त डंगोल र राजेन्द्र घिमिरे सागरकोे जोडीलाई २–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान पक्का गरेको थियो ।
त्यसैगरी पुरुष डबलतर्पmको दोस्रो तथा फाइनल खेलमा जसध्वज गुरुङ् र उमेश पाण्डेको जोडीले गुप्तबहादुर श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठ अनामणिको जोडीलाई २–० सोझो सेटमा हराउँदै प्रथम भएको थियो भने हारपछि गुप्तबहादुर श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठ अनामणिको जोडीले द्वितीय स्थान पक्का गरेको थियो ।
त्यसैगरी साहित्यकार र शान्ति समाज टोल, गोङ्गबुँको महिला डबलतर्पmको मैत्रीपूर्ण खेलमा शान्ति समाज टोलको खेलाडीहरू शारदा भट्टराई र कल्पना राईको जोडीले साहित्यकार सानु शर्मा र लक्ष्मी वस्नेतको जोडीलाई हराएको थियो ।
त्यसैगरी साहित्यकार र शान्ति समाज टोल, गोङ्गबुँको पुरुष डबलतर्पmको मैत्रीपूर्ण खेलमा शान्ति समाज टोलको खेलाडीहरू घनश्याम भट्टराई र डी.बी. आलेको जोडीले साहित्यकार जसध्वज गुरुङ र उमश पाण्डेको जोडीलाई पराजित गरेको थियो ।
कार्यक्रममा अतिथिहरू माननीय योगेन्द्र सङ्ग्रौला र अध्यक्ष उत्तम अधिकारीको जोडीको साथमा आयोजक संस्थाका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपाल र उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठको जोडीबीच पनि मैत्रीपूर्ण खेल भएको थियो ।
प्रथम तथा ऐतिहासिक पाँच दिवसीय साहित्यिक मैत्रीपूर्ण ब्याड्मिन्टन खेलमा निम्न अनुसार विजेता तथा उपविजेता हुन भएको थियो ।
महिला डबलतर्फ–
प्रथम– शारदा घिमिरे भैल र रविना घिमिरे
द्वितीय– तारा के.सी. र राधादेवी पाण्डे
तृतीय– सानु शर्मा र लक्ष्मी बस्नेत ।
पुरुष डबलतर्फ–
प्रथम– जसध्वज गुरुङ र उमेश पाण्डे
द्वितीय– गुप्तबहादुर श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठ अनामणि
तृतीय– थरेन्द्र बराल र धरणीधर गुरागाई ।
खेलकुदको प्रतियोगिताहरू समापनपछि विजेता, उपविजेता तथा सहभागीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा सभापतिलगायतले शिल्ड, मेडल र प्रमाणपत्रहरू प्रदान गर्नुभएको थियो ।
त्यसैगरी शान्ति समाज टोलको आज भएको फाइनल खेलमा डिकबहादुर राई र सुरज कुँवरको जोडीले कृष्ण के.सी. र नन्दु गुरुङको जोडीलाई निकै नै प्रतिस्पर्धात्मक रूपमा २–१ को सेटमा हराउँदै प्रथम स्थान हासिल गर्न सफल भयो भने हारसँगै कृष्ण के.सी. र नन्दु गुरुङको जोडी दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
यस प्रथम तथा ऐतिहासिक पाँच दिवसीय मैत्रीपूर्ण ब्याड्मिन्टन खेलमा शान्ति समाज टोल, गोङ्गबुँका टोली निम्न अनुसार विजेता तथा उपविजेता हुन भएको थियो ।
प्रथम– डिकबहादुर राई र सुरज कुँवर
द्वितीय– कृष्ण के.सी. र नन्दु गुरुङ
तृतीय– शारदा भट्टराई र महेश बैद्य ।
खेलको निर्णायक नवीन श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन उमेश पाण्डे र कृष्णबहादुर के.सी.ले गर्नुभएको थियो ।




































