विराटनगर / विराटनगरका सञ्चारकर्मी दीपेन्द्र थापालाई पितृशोक परेको छ ।
वीएफएमका प्राविधिक प्रमुख रहेका थापाका बुवा नरेन्द्रबहादुर थापाको ८४ वर्षको उमेरमा आज विहान निधन भएको हो । केहीदिन देखि अस्वस्थ रहेका उनकोे म्याक्स इन्टरनेशनल अस्पताल विराटनगरमा निधन भएको हो ।
थापाको आजै सुनसरी बराहक्षेत्रमा दाहसंस्कार गरिएकोछ । थापाका ४ जना छोरा र ३ जना छोरी रेका छन् ।




































