काठमान्डाँे
काठमाडौं । विश्वभरमा रहेका नेपालीहरुले अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र अन्तर्रा्ष्ट्रिय टोपी दिवसको अवसरमा सामाजिक सञ्जालबाट शुभकामना साटासाट गरिरहेका छन् ।
गायिका धनकुमारी थापा सरुले भिजिट नेपाल २०२० लाई सफल बनाउनको लागी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीलाई आग्रह गर्नुभयो । नेपालमा भएका मौलिक सस्कृतिको जर्गेना एवम आन्तरिक तथा बाह्य पर्यटकलाई देशका विभिन्न रमणिय स्थानहरुको प्रचार प्रसार गर्न र देशको समृद्धिका लागी हातमा हात मिलाएर अगाडि बढ्नको लागी अपिल समेत गर्नुभयो ।
आज काठमान्डौँको दशरथ रंगशालामा भएको विशेष कार्यक्रममा उहाँको भुमिका उल्लेखिय समेत रहेको थियो । पर्यटन क्षेत्रको विकाश र विस्तारका लागी आफु विश्वका विभिन्न मुलुकको भ्रमणमा जाने उहाँले बताउनुभयो ।
टोपी दिवशले नेपाली हरु विचको मित्रता र भातृत्वलाई अझ प्रगाढ बनाउनेमा आफु आशावादी रहेको उहाँले बताउनुभयो । स्वदेश तथा विदेशमा हुने आगामी कार्यक्रमहरुमा नेपालको पर्यटन क्षेत्रको विकाशमा टेवा पुयाउनको लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले ब्यक्त गर्नुभयो ।




































