बाग्लुङ जिल्ला जैमुरे नगरपालिका ८ की स्थाई घर भई पोखरा महानगरपालिका ५ बस्ने बर्ष ४ की सम्झना सुबेदीको सेतीको नहरले बगाउँदा ज्यान गएको छ । आईतबार आमासंगै पसलमा केही सामान किनेर घर तिर जादै गरेकी सम्झना सेती नदि नहरमा झरिन् र नहरले बगाएर करिब १०० मिटर तल लग्यो, अन्तत् उनको शब फेला पर्यो । पोखराको अघिकाँश क्षेत्रमा सेतीका नहरहरु छन् । कतिपय ठाउँमा स्ल्याब बनाएर, तारजाली लगाएर राखिएको छ भने कतिपय ठाउँहरु खुल्ला छन् । पोखराको वडा न ंं ५ मा पनि केही ठाउँमा स्ल्याब छ तर जुन ठाउँबाट सम्झना झरिन् त्यो ठाउँ खाली भएको र तेलको कार्टुनले ढोकेको अवस्था थियो । सम्झनाले उक्त ठाउँमा टेक्दा उनी सोझै नहरमा झरिन् । सिंचाईको लागी लगिएको नहरमा पानीको बहक धेरै भएकाले बालिकाको ज्यान गएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘परान’को कमाइ आक्रामक, तेस्रो सप्ताहन्तमै १० करोड नजिक
नीर शाहको मुख्य अभिनय रहेको फिल्म ‘परान’ले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा धेरै बलियो प्रदर्शन गरिरहेको छ। पहिलो सातापछि प...
फिल्म ‘मिरमिरे’का दुई आकर्षक पोस्टर सार्वजनिक, टिजर चाँडै आउने
माघ १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिरमिरे’ का दुई पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक पोस्टर...
‘आ बाट आमा’को नयाँ पोस्टर सार्वजनिक: रहर र बाध्यताको भावनात्मक कथा झल्किने संकेत
निर्देशक चन्द्र पन्तले निर्देशन गरेको बहुप्रतिक्षित फिल्म ‘आ बाट आमा’ को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ। बुधबार ...
गोबिन्द घोरासैनी र शारदा रसाइलीको स्वरमा आयो “दिल चोरेर फरार छे लुरी (भिडियो सहित)
काठमान्डौ । व्यवसायिकता भन्दा पनि मौलिकतालाई प्राथमिकतामा राख्ने गायक तथा सर्जक गोबिन्द घोरासैनिले भर्खरै मात्र आफ्नो पछ...
नवनायिका सोल गुरुङ ‘सुम्निमा’ मार्फत नेपाली रजतपटमा प्रवेश
नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारको आगमन भएको छ साथै निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘सुम्निमा’ ...
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन
बलिउडका चर्चित तथा वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उ...




































