एजेन्सी । बलिउड स्टार ऋतिक रोशनको आज जन्मदिन । १९७४ जनवरी १० तारिखका दिन उनको जन्म भएको हो । यस आधारमा आज उनी आफ्नो ४६ औं जन्मदिन मनाउँदैछन् । ऋतिकका लागि बितेको वर्ष २०१९ निकै लक्की सावित भयो ।
टाइगर श्राफसँग उनले खेलेको ‘वार’ ब्लकबस्टर चलचित्र बन्यो । गत वर्ष सबैभन्दा धेरै कमाउने फिल्म हो वार । ४६ औं जन्मदिन मनाउँदै गरेका ऋतिकलाई उनकी पूर्वपत्नी सुजैन खानले बर्थ डे विस गरेकी छन् ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ऋतिक र दुई छोराको तस्बिर पोस्ट गर्दै भनेकी छन्, ‘ह्प्पी बर्थ डे रि…यु आर द मोस्ट इन्क्रिडियबल मेन । आइ नो ।’ डिभोर्स भए पनि ऋतिक र सुजैनबीच अहिले पनि डेट चलिरहेको छ ।




































