‘र्याम्प सो’ तथा ‘प्रोडक्ट विज्ञापन’की मोडल हुन्, सृजु खरेल । काभ्रे फलाटे पुख्र्यौली घर भए पनि काठमाडौंमा उनको जन्म भयो । तीन वर्षअघि ‘मनसुन फेसन परेड’मा ‘क्याटवाक’ गरेपछि उनको मोडलिङ यात्रा सुरु भएको हो । सृजुले सो परेडमा लगातार तीन वर्षस“गै कायरा फेसन परेड, फेसन नोभा नाइट, स्टार अन रेड कार्पेट फेसन, मोडल हन्ट रन वे फेसनलगायत दर्जन ‘¥याम्प सो’मा ‘क्याटवाक’ गरिसकेकी छन् । नाडा आटो सो, वाइवाइ पेपर एड, एनसेल पेपर एड, जारा फेसनको एड, दराजको एड, गोल्डस्टार पेपर एडसहित थुप्रै विज्ञापनमा काम गरिसकेकी छन्, उनले । हाल, कम्युटर साइन्समा प्लस टु अध्ययनरत सृजुस“ग डब्बु क्षत्रीले गरेको सटकट संवाद :
मोडलिङमै किन ?
रहर नै हो । ‘करिअर’ बन्छ भनेर होइन ।
मोडलिङमा करिअर नदेख्नुको कारण ?
यसमा पैसा कमाइ राम्रो छैन । अहिले आफूलाई व्यस्त राख्नका लागि हो । मेरो लक्ष्य कि त अन्तर्राष्ट्रिय एयर होस्टेज बन्ने हो, कि आईटी इन्जिनियर ।
त्यसो भए मोडलिºमाथि चढ्ने खुड्किलो मात्र हो त ?
खुड्किलोभन्दा पनि समाजमा आफूलाई घुलमिल गराउन र अनुभव लिनका लागि मोडलिङमा लागेकी हुँ ।
नायिकाका रूपमा जानका लागि पो हो कि ?
हैन, अहिले नै नायिका बन्ने चाहना छैन । गत वर्ष निर्देशक रमेश कोइरालाबाट नायिकाको प्रस्ताव आएको थियो । तर, मैले काम गरिन“ । राम्रो ब्यानरबाट प्रस्ताव आयो भने त्यति बेला सोच्न सकिन्छ ।
मोडलिङको कमाइ कस्तो छ ?
कामको इज्जतका लागि पनि पैसा लिन्छु । इभेन्ट हेरेर पनि लिने गरेकी छु । ठिकै छ भन्नुप¥यो ।
मोडलिङ बाहेक अरु केही ?
म तेक्वान्दोको राष्ट्रिय खेलाडी थिएँ । म ब्ल्याक बेल्ट पनि हु“ । २०७४ मा तेक्वान्दोबाट राष्ट्रिय गेम खेलें । त्यसपछि पढाइले गर्दा छाडेकी हुँ । अब खेलमा लाग्छु । त्यसबाहेक डान्स गर्छु र भलिबल पनि खेल्छु ।
पढाइमै व्यस्त हो कि प्रेमसम्बन्धमा पनि ?
अहिलेसम्म सिंगल नै हो, रिलेसनसिपमा छु ।
कारण ? प्रेम मन पर्दैन ?
पर्छ नि! मेरो पछि लाग्ने पनि छन् । म भविष्यमा प्रेमविवाह नै गर्छु । पहिला जिन्दगी बनाऊँ । त्यसपछि प्रेम गरेर घरबार बसाउनुपर्छ भन्ने सोचमा छु ।
कस्तो केटा मन पर्छ ?
ट्यालेन्ट । मलाई बुझ्नसक्ने, माया गर्ने र आफैंमा सक्षम केटा मन पर्छ ।
लोकेसन : फयर किचन, कुपण्डोल हाइट, ललितपुर




































