एजेन्सीको सहयोगमा ।
बलियुड अभिनेता राजकुमार राव इंडस्ट्रिमा भेराइटी रोल प्ले गर्ने कलाकारको रुपमा चिनिन्छन् । तर अहिले उनी हरेक कदम फ्यानको चाहान अनुसार चाल्ने जिकिर गरेका छन् । यसको पछाडिको कारण चलचित्र “स्त्री” पछि रिलीज भएको उनको ६ वटा फिल्मलाई दर्शकले खासै नरुचाउनु रहेको छ । आफ्नो क्रेज दर्शकमा घटेपछि सुन्नमा आएको छ । उनले राजकुमार संतोषीको आउने फिल्म “गांधी बर्सेस गोडसे”मा काम गर्न नसक्ने बताएका छन् ।
संतोषीले राजकुमारलाई यो फिल्मा “नाथूराम गोडसे” को रोल अफर गरेका थिए । र राजकुमार करिअरको यो स्टेजमा नेगेटिभ रोल गर्न चाहादैनन । राजकुमारले हालैमा “जजमेन्टल है क्या” मा सिरीयल साइको किलरको रोल प्ले गरेका थिए यो रोललाई उनको फ्यानले कासै सुईकारेन्न । यही विषयले गर्दा राजकुमारले संतोषीको प्रोजेक्टलाई नकारेको हुन सक्छ । अर्को कारण यो पनि ठानिएको छ कि फिल्ममा गोडसेको चित्रणलाई लिएर राजकुमारले आफ्नो मत स्पष्ट गर्न सकिरहेका छैन्न ।
राजनैतिक तरिकाले हेर्ने हो भने गोडसेलाई राइट विंगले नायक र लेफ्ट विंगले खलनायक बताईएको छ तर राजकुमारले अहिले सम्म आफ्नो राजनैतिक आइडियोलोजी जाहिर गरेका छैन्न । चाखलाग्दो कुरा अझ के छ भने असगर वजाहतको नाटक “गांधी बर्सेस गोडसे” यो चलचित्रको लागि संतोषीले गांधीको रोल प्ले गर्ने कलाकार समेत भेटाएकी छैन्न । यो रोलको लागि नसिरुद्दीन शाहलाई अप्रोज गरिएको थियो । तर नसीरको तर्फबाट अन्तिम मत भने आएको छैन् ।
उनको नजिक्को व्यक्तिहरुको भनाई अनुसार शाहले फिल्ममा काम गर्न मन्जुरी दिन सक्ने सम्भावना देखिएको छ । प्रडियूसर संतोषीले यस फिल्मको छयाँकन “महात्मा गाँधी” को बलिदान दिवस ३० जनवरीको दिनबाट शुरु गर्न सक्ने कुराहरु बाहिरिएको छ । यो भन्दा पहिला गाँधीको रोलको लागि “लगे रहो मुन्ना भाई” फेम दिलीप प्रभावलकरलाई अप्रोच गरिएको थियो तर उहाँले यो रोललाई सिधै बाई–बाई गरिदिएका थिए ।




































