काठमाडौं । माघ २४ गते रिलिज हुने चलचित्र ‘साङ्लो’ को नयाँ गीतको छायांकन भैरहेको छ । विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ को नयाँ गीतको छायांकन भैरहेको हो ।

सुरेश अधिकारीको संगीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । यसअघि ‘चरीले काफल टिप्यो’ बोलमा परम्परागत पहिरनमा देखिएको यो जोडी नयाँ गीतमा मोर्डन पहिरनमा देखिनेछ ।

अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको गीत केही दिनमा छायांकन सकाएर गीत सार्वजनिक गरिने विराजले जनाएका छन् ।

विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी रराजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

तपाईको प्रतिक्रिया