काठमाडौं। दीपिका पादुकोणको एउटा टिकटक भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । यो टिकटक भिडियोले आफू मर्माहत भएको भन्दै अर्की बलिउड अभिनेत्री कंगना रनौतले दीपिकालाई माफी माग्न भनेकी छिन् । टिकटक भिडियोमा दीपिकाले एक मेकअप आर्टिस्टलाई आफ्नो छपाक फिल्मको लुक बनाउन भनेकी छिन् । कंगनाले यसलाई एसिड आक्रमणमा परेका पीडितहरुप्रति असंवेदनशील व्यवहार भनेकी छिन् ।
भिडियोबाट आहत भएकी कंगना रनौतले अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरी दिदी एसिड आक्रमणमा परेकी थिइन् र म दीपिका पादुकोणको यो भिडियोबाट निकै आहत भएकी छु ।’ कंगना रनौतले थपेकी छिन्, ‘यो निकै असंवेदनशील भिडियो थियो र दीपिका पादुकोणले यो कुनै न कुनै कारणसहित नै बनाएको हुनुपर्ने आशा व्यक्त गरेकी छिन् ।’
कंगना रनौतले भनेकी छिन्, ‘तपाईंको मार्के्टिङ टीमले लगातार फिल्मको प्रोमोशनका लागि यस्ता आइडिया लिएर आउँछन् जसका कारण तपाईंले नचाहँदा नचाहँदै पनि केही असंवेदनशील क्रियाकलाप गर्नुहुन्छ । यो कुनै मेकअप लुक होइन र कसैले यस्तो प्रकारको ‘लुक’ पाउने कोसिस गर्नुहुँदैन । मलाई लाग्छ कि यस्तो असंवेदनशीलताका लागि उनले माफी माग्नुपर्छ किनभने गल्ती मानिसबाटै हुन्छ ।’