कलाकार गौरी मल्लले आफु फिल्म निर्देशनको तयारीमा रहेको बताएकी छन् । एक युट्युव च्यानलको अन्तर्वार्ताको क्रममा उनले फिल्मका लागि निर्माता तथा अन्य टिम तयार रहेको बताउदै, आफै भने ‘अलिक’ तयार नरहेको बताएकी छन् ।

उनी भन्छिन्, ‘अब आफ्नो काम सुरु गरौ भन्ने सोच्दै गर्दा ‘फिल्मको लागि यस्तो क्यारेक्टरको अफर आउछ कि नाइँ भन्न सकिदैन । कलाकारको लोभ हो सायद। ‘

उनले छिट्टै नै फिल्म निर्देशन गर्ने समेत बताईन् । र रीमा विश्वकर्मालाई सुहाउने क्यारेक्टर भयो भने उनलाई समेत अभिनयमा आबद्ध गराउने बाचा गरेकी छन् । सन्तान, कन्यादान, तपस्या, बसन्ती, गाजलु, घामड शेरे लगायत धेरै फिल्ममा काम गरेकी उनी करिव ३०बर्षबाट नेपाली फिल्म जगतमा सक्रिय छिन्।

तपाईको प्रतिक्रिया