ईटहरी/ आफ्नो देशको निम्ती केहि गर्छु भनेर सधै तत्पर रहने करौडौको ढुकढुकी हुन रबि लामिछाने । जो प्रत्येक नेपाली माझ चिरपरिचित छन् । उनि लामो समयदेखि न्युज २४ बाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनता संग’ कार्यक्रम चलाउदै आइरहेका छन् भने उनकै नेतृत्वमा कर्णाली प्रदेशको दुर्गम कालिकोटमा रासकोट सामुदायिक अस्पतालको सनिबार सिलान्यास भएको छ । यो खुसि संगै अर्को खुसि पनि यस अस्पतालको लागि जोडिएको छ ।

रविले सनिबारको एपिसोडमा भने अनुसार हंगकंग निवासी चाइनाका एक्सन स्टार नायकले पनि सहयोग गरेका छन् । जस्को नेपालमा कुनै नाता सम्बन्ध छैन । तर रबिका साथि भएकाले उनलाई यसअघि रास्कोटमा लगिएको थियो । त्यहाका बस्तुस्थिति सबै बुझे पछि उनले मन खोलेर २ करोड बढि नेपालि रुपैया सहयोग गरेका हुन् । जुन सहयोग रकम पनि आफुलाई प्राप्त भैसकेको रविले बताए । सो एपिसोडमा ज्याकी होङ्गको भिडियो सन्देश पनि प्रसारण गरिएको छ, जहा उनले “कालिकोटको रास्कोट सामुदायिक अस्पताल निर्माणमा जोडिन पाउदा आज म धेरै खुसि छु” भनेका छन् ।

अस्पतालको भवन निर्माण ६ करोड २२ लाख रुपैयाँमा २ सय ७२ दिनभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । सो ठाउको स्वास्थ्य स्थिति निक्कै दयनिय भएको कुरालाई मध्यनजर गर्दै रबि लामिछाने फ़ाउण्डेशनको अग्रसरतामा नेपाल सरकारको ‘सी’ तहको ल्याब, जिल्ला अस्पतालमा हुने बराबरका शल्यक्रिया, प्रसुति सेवा, भिडियो एक्सरे, ईसीजीलगाएत एपेन्डिसाइटिसको शल्यक्रिया समेत रास्कोटमै गर्न सक्ने गरी अस्पतालको निर्माण गरिने भएको हो ।

अस्पतालमा आकस्मिक उपचार, १५ शैयामा बिरामी भर्ना गरेरै उपचार गर्न सक्नेगरी १ जना विषेशज्ञसहित ३ जना चिकित्सकको टोलीले रास्कोट सामुदायिक अस्पतालबाट सेवा दिनेछ । उक्त अस्पताल निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ भने विभिन्न संघ सस्था तथा व्यक्तित्वबाट पनि ४ करोड भन्दा बढी रकम संकलन भैसकेको छ । अस्पताल निर्माण भएपछि उपचार मात्र नभई स्थानीयलाई रोजगारी, सडक सञ्जाल विस्तार तथा पर्यटकीय क्षेत्रका रुपमा समेत विकास हुने स्थानीयको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया