काठमाडौं – साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् श्रुति हासन । बलिउडमा पनि चर्चामा आइरहने उनी एक गायिका पनि हुन् । फिल्म क्षेत्रमा धेरैको मन जित्न सफल श्रुतिले पछिल्लो समय आफ्नो बारेमा केहि कुरा खुलाएकी छिन् । जनवरी २८ मा आफ्नो जन्मदिन मनाएकी उनले उक्त दिन आफु नराम्ररी मदिरामा डुबेको बताइन् ।
लक्ष्मी प्रसन्नाको सोमा उनले आफु मदिराको लतमा हुँदा भएको कुरा बताइन् । उक्त सोमा उनले आफुले मदिराको लतमा फिल्म नै छोडेको बताइन् । उनले भनिन् एक समय ह्विस्कीको यति लत लागेको थियो कि यसकै कारण मैले फिल्मबाट ब्रेक लिएकी थिए ।