काठमाडौं – बलिउड अभिनेता अजय देवगनको १०० औं फिल्म तान्हाजी अहिले चर्चामा छ । अजय, काजोल र सेफ अली खानको मुख्य भुमिका रहेको यस फिल्मले रिलिज भएको एक सातामै १०० करोडको कमाइ गरेको थियो ।

त्यस्तै यस फिल्मले १५ दिनमा नै २०० करोड भन्दा बढीको कमाइ गर्न सफल भएको थियो । यस फिल्मलाई दर्शकले निकै रुचाएका छन् । फिल्म तेस्रो सातामा प्रबेश गर्दा पनि हलमा दर्शक आइरहेका छन् ।

यस सातामा फिल्म तान्हाजीले शुक्रबार ५ करोड ३८ लाख, शनिबार ९ करोड ५२ लाख, आइतबार १२ लाख ५८ लाख, सोमबार ४ करोड ३ लाख र मंगलबार ३ करोड २२ लाख कमाइ गरेका छ । यस फिल्मको हालसम्मको कमाई २ सय ३२ करोड १८ लाख रहेको छ ।

तपाईको प्रतिक्रिया