काठमान्डौँ , माघ १७
राई इज किङ राजेश पायल राईको आवाजमा रहेको ”हिजो सम्म” गीतको भिडियो सार्वजनिक भएको छ । युवा वर्गको त्रिकोणत्मक प्रेमका भावलाई गीतमा समेटिएको छ ।

मर्जुला राजकर्णिकार को शब्द तथा बसन्त सापकोटाको गीतमा संगीत संयोजन रहेको छ । निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा अजय रेग्मीको छायाँकन , नविन निरौलाको सम्पादन तथा गम्बिर विष्टको निर्देशन भिडियोमा रहको छ । ”हिजो सम्म” गीतको भिडियोमा आचँल शर्मा र दुर्गेश थापाको फिचरिङ रहेको छ ।
”हिजो सम्म” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया