आज २०७६ साल माघ १८ गते शनिवार, तदअनुसार फेब्रुअरी १, २०२०, आजको महावाणी – आज भन्दा महत्वपूर्ण केहि छैन, किनकी तपाईं हिजो फर्काउन सक्नुहुन्न अनि भोली तपाईंको हातमा छैन। – अज्ञात
तपाइको यो सप्ताह, मेष – आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धार्मिक, सांस्कृतिक र व्यवसायीक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । साताको अन्त्यमा विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।
वृष – यो सातामा प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । बुधवारबाट रमाइलो यात्राको योग रहेको छ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको दर्शनगरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन – भाग्यले विभिन्न अवसर जुराउनेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साताको मध्यमा महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाँकालको स्मरणगरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
कर्कट – यो साता हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह – यो सातामा पुनर्मिलनको योगपनि रहेको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
कन्या – यो सातामा अनावश्यक यात्रा रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक शुभफल मिल्नेछ ।
तुला – पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । काम वा रोजगारको अवसर मिल्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । बुधवारबाट कामहरु अधुरै रहलान् । लगानी डुव्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरी यात्रा आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
वृश्चिक – मान प्रतिष्ठामा बृद्धि होला । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण मिल्नेछ । धर्म,कर्ममा मन लाग्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मध्य साताबाट लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवीको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।
धनु – रोकिएका काम पुनः सुरु हुन सक्छ । विद्या र बुद्धिको विकास हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
मकर – यो साता नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कालभैरवको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
कुम्भ – यो साता शुभकार्यको चर्चा चल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । यो साताका लागि शुभअङ्क ७,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मीन – यो साता महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनसञ्चयको अवसर प्राप्त हुनेछ र हराएको आत्मविश्वास जाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।- ज्यो.प. नारायणप्रसाद दुलाल