काठमाडौं – फिल्म ‘चोर र पुलिस’को
छायांकन सुरु भएको छ ।
आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो
।
काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको गीत ‘कुन देश कि परी..’ बाट छायांकन सुरु गरेको थियो ।
गीतको छायांकन कालिन्चोक आसपासका स्थानमा गरिएको हो ।
गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।
कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर फिल्म छायांकन गर्न त्यहाँ पुगेको निर्देशक लामाले बताए ।
‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै
स्वर्ग जस्तै लाग्यो’ लामाले थपे ।
अभिनेत्री कविता रायले कालिन्चोकको सौदर्यले आफु मोहित भएको बताइन् ।
पहिलो चोटी कालिन्चोक पुगेकी कविताले भनिन् ‘कालिन्चोकको सौन्दर्य बर्णन गरेर नसकिने छ ।’
दोलखा बाहेक सिन्धुपाल्चोकसंग जोडिएको मुडे,चरिकोट, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौंमा फिल्मको छायांकन हुनेछ ।
फिल्ममा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य , कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित,
बाल बलाकारमा अर्नव बिष्ट, कौसल राई आदिको अभिनय रहनेछ ।
आरएल फिल्म इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् ।
निर्देशक लामाकै लेखन रहेको फिल्मले नचाहँदा नचाहँदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कर्तव्यलाई मुख्य
बिषयबस्तु बनाएको छ ।
फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् ।
फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्वन्द र रामेस्वर हुमागाईको छायांकन रहनेछ ।
फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् ।
चलचित्रको बितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।