काठमाडौं । लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएकी कलाकार सुशीला दाहालको बिहीवार बिहान वाल्थमस्थित हस्पिस केयर सेन्टरमा निधन भएको छ । उहाँले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जोडीको लालपुर्जा, चिरञ्जीवी जस्ता टेलिचलचित्रमा निकै राम्रो अभियनको भूमिका निर्वाह गर्नुभएको थियो । ६७ वर्षीया दाहाल लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका एक छोरा र एक छोरी छन् ।

लामो समयदेखि अलग बस्नुभएका उहाँका श्रीमान् बद्री दाहालको पनि यही मंगलवार अष्ट्रेलियामा निधन भएको कुरा उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विगत १७ वर्षदेखि वोस्टनमा बसोबास गर्दै आउनुभएकी दाहाल वोस्टन समाजमा मिलनसार र परिचित हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार, जीवनको अन्तिम समयसम्म पनि उहाँ निकै सक्रिय र जीवनप्रति उत्साहित हुनुहुन्थ्यो ।

पारिवारिक स्रोतका अनुसार, उहाँका छोरा टेक्ससमा बसोवास गर्ने भएकोले उहाँको अन्तिम दाहसंस्कार पनि दुइ तीन दिनपछि टेक्ससमा लगेर गरिने भएको छ ।

तपाईको प्रतिक्रिया