नेपाली चलचित्र क्षेत्रलाई नयाँ बाटोमा डोर्याउने श्रेय निर्देशक निश्चल बस्नेतलाई जान्छ । चलचित्र ‘लुट’ ले संकटकालको अवस्थालाई मात्र टारेन, चलचित्र क्षेत्रलाई नै नयाँ मोडमा ल्यादियो । यसपछि, सेलिब्रिटी बनेका थिए निर्देशक बस्नेत ।
उनै निर्देशक अब चलचित्र ‘जिन्दाबाद’बाट निर्देशनमा फर्किदैछन् । यो चलचित्रलाई सफल लेखक बुद्दिसागरले लेखेका हुन् । ‘कर्णाली ब्लूज र फिरफिरे’का लेखक वुद्दिसागरको कथाले निश्चललाई पगालेको छ । उनी, आफूले खोजे जस्तै कथा पाएको भन्दै चलचित्र बनाउने उत्साहित छन् ।
कोरोना कहरका कारण चलचित्र क्षेत्र अस्तव्यस्त छ । अब, चलचित्रको बजार कुन तरिकाले अगाडि बढ्छ भन्ने विश्लेषण बलियो रुपमा चलचित्रकर्मीले गर्न सकेका छैनन् । यस्तो, अवस्थामा ‘लुट’ चलचित्रबाट चलचित्र क्षेत्रलाई नै बदलेका निश्चलको फेरि ‘जिन्दाबाद’ निर्माण नहुँदै प्रतिक्षामा रहेको छ ।