बुद्दिसागरले लेखेका पुस्तकहरु पाठकमाझ लोकप्रिय छन् । उनले लेखेको कर्णाली ब्लूज र फिरफिरे पठ्ने पाठक उनको लेखाइमा भिज्छन् । उनै वुद्दि अब सिनेमाको लेखनमा पनि अगाडि आएका छन् ।
बुद्दिसागरको लेखनमा तयार भएको सिनेमालाई निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने भएका छन् । सिनेमाको नाम जुराइएको छ, जिन्दावाद । सिनेमाका लागि कलाकार फाइनल भएका छैनन् । अभिनेत्री स्वस्तिमा खड्काले सिनेमामा काम गर्ने चर्चा छ ।
सिनेमाको कथा लेख्न वुद्दिसागरलाई निश्चलले आग्रह गरेका थिए । जसलाई वुद्दिसागरले स्विकार गरे । यसपछि कथा बुनिएको हो । लकडाउनका कारण सिनेमाको छायांकन सुरु हुन पाएन । माहोल सामान्य अवस्थामा आएपछि सिनेमाको छायांकन सुरु गर्ने निश्चलको तयारी छ ।
सिनेमाको कथा हेरेर निश्चल खुशी छन् । बल्ल सिनेमाको भने जस्तो कथा पाएको निश्चलको भनाई छ ।