काठमाडौं । बलिउड अभिनेत्री राकुल प्रित सिंहलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएका जानकारी दिएकी हुन् ।
सिंहले आफुसँग सम्पर्कमा आएका ब्यक्तिहरुलाई पनि कोरोना टेष्ट गर्न र सुरक्षित रहन अनुरोध गरेकी छन् । उनले आफू सेल्फ आइसोलेसनमा बसेको जानकारी दिएकी छन् ।




































