कलाकार सरोज खनालद्वारा निर्देशित पहिलो तथा केसी डान्स सेन्टरद्वारा निर्मित लघु चलचित्र ‘छाउ पीडा’को भिडियो सार्वजनिक गरिएको छ ।

केही महिनाअघि कोरोना महामारीमा अमेरिका आएको समयमा अभिनेता खनालले निर्देशन गरेको लघु चलचित्र ‘छाउ पीडा’ जुममार्फत सार्वजनिक गरिएको हो ।

याे फिल्म नवराज पराजुलीकाे कविता ‘ब्रह्माजीकाे रजस्वाला’ मा आधारित छ । प्रख्यात अभिनेताले आफ्नाे कवितालाइ फिल्मकाे लागि चयन गरेकामा कवि पराजुलीले खुसी व्यक्त गरेका छन् । यो लघु चलचित्रमा समीर मानन्धरको छायांकन, राजिव श्रेष्ठको सम्पादन-ध्वनी रहेको छ ।

कालिपर स्टुडियोले पोस्ट उत्पादक गरेको ‘छाउ-पीडा’लाई यमन श्रेष्ठले व्यवस्थापन र केसी डान्स सेन्टरले उत्पादन गरेको हो ।

यो लघु चलचित्रमा रीमा केसी, रुबिना प्रजापति, दिप्ति अधिकारी, रोमा भण्डारी, रीया श्रेष्ठ, आयुषा ढकाल, अंकिता कोइराला, रिचा ढकाल, एश्वर्य निरौला, सदिक्षा मुडवारी, रिहाना नेपाल, आरजू कार्की, मोनिका ढुंगेल, निलु ढुंगेल र किन्जल शर्मालगायतको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया