काठमाडौँ : हाँस्यकलाकार गोपाल ढकाल (छन्दे)ले निर्देशन गर्ने म्युजिक भिडियोहरुको शुभ मुहूर्त कार्यक्रम सम्पन्न भएको छ । २०७७ पौष १४ गते मंगलबारको दिन काठमाण्डौँको कमलादीस्थित गणेशस्थानमा बरिष्ठ नृत्य निर्देशक एवं चलचित्र नृत्य निर्देशक राजु शाहको प्रमुख आतिथ्यतामा “शहर” र “जुन दिन मलाई” भन्ने गीतको छायाँकन गर्ने शुभ साईत पारेर नेपाली चलचित्र क्षेत्र,सांगीतिक लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभमुहूर्त कार्यक्रम सम्पन्न भएको छ । म्युजिक भिडियोको शुभमुहूर्त यो पहिलो अवसर हो ।कार्यक्रमा निर्देशक माधवराज खरेल,पत्रकार सुर्य चन्द,सोनितराज ढुंगेल,उदय श्रेष्ठ,महेश आचार्य लगायतको उपस्थिति रहेको थियो,शुभ मुहूर्त कार्यक्रम पश्चात शहर गीतको छाँयाकन शुरु गएिको थियो ।
बदलिँदो सहरी परिवेश,मानिसका महत्वाकांक्षा,जीवन र जिउने शैलीलाई,सकारात्मक,नकारात्मक अनि यसभित्र नदेखिएका गाठाहरुलाई “शहर”भन्ने गीतले उजागर गरेको छ ।“शहर”गीतमा गीतकार बाबुराम राई,कम्पोज एस डि योगी,गायक कृष्ण भट्टराई,एरेन्जर विश्व अधिकारी,श्रृंगार टेकराज पाण्डे,युमिशा पाण्डेको रहने छ भने कलाकारहरुमा शीतल के सी,संजीत भण्डारी,रिया श्रेष्ठ,रामेश्वर बुर्लाकोटी लगायत रहने छन् । शहर गीतको लागि हप्तादिनको छायाँकन काठमाण्डौँको सेरोफेरोमा हुनेछ ।
त्यसैगरि माया गर्नेले बोलिमा मात्र होईन ब्यवहारमा लागू गरेर देखाउनुपर्छ,प्रेम अन्धो हुन्छ भन्ने कथनलाई “जुन दिन मलाई” भन्ने गीतले उजागर गरेको छ ।यस गीतमा स्वर,शब्द,लय कृष्णराज भण्डारीको रहेको छ भने श्रँृगार युमिशा पाण्डे,कलाकारहरुमा संजित भण्डारी,श्रीदेव भट्टराई,चन्दा कुईकेल,प्रेम पाण्डे आदि रहने छन् । जुन दिन मलाई गीतको काठमाण्डौँ लगायत काभे्र जील्लामा छायाँकन हुनेछ । दुईवटै गीतमा निर्देशन गोपाल ढकाल (छन्दे),छायाँकन हर्कमान वाईवा(रिदम),सम्पादन तारा थापा किम्भेको रहनेछ भने पोष्ट प्रोडक्सन एभरग्रिन वल्र्डवाईड ईन्टरटेन्मेन्टबाट हुनेछ । चाँडैनै भिडियोकोकाम सकेर छन्दे च्यानलबाट प्रशारण गर्ने र सम्पुर्ण दर्शकहरुको साथ पाउने कुरामा बिश्वस्त रहेको कुरा निर्देशक गोपाल ढकाल छन्देले बताए ।




































