काठमाडौं। नायिका ऋचा शर्माले नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ चलचित्रको घोषणा गरेकी छिन्। उनले चलचित्र ‘कौसीद’ बनाउन लागेकी हुन्।

केदार भुसाल निर्माता रहेको उक्त चलचित्रको निर्देशन कुमार भाष्करले गर्नेछन्।

चलचित्रमा ऋचा र भोलाराज सापकोटाको मूख्य भूमिका रहनेछ। घर निर्माणका लागि बैंकबाट ऋण लिँदा के कस्तो समस्या भोग्नुपर्छ भन्ने विषयलाई चलचित्रमा समेटिन लागेको उनको भनाइ छ।

नयाँ जोास र पूर्ण उत्साहका साथ नयाँ कामतिर लक्षित भएर चलचित्र निर्माणमा लागेको उनको भनाइ छ। माघ १ गतेबाट चलचित्र छायांकनमा जानेछ। काठमाडौं वरपर नै छायांकन गरिने उक्त चलचित्र २० दिनमा छायांकन पूरा हुने ऋचाको भनाइ छ।

सामाजिक विषयमा बन्न लागेको यो चलचित्र समाजमा विद्यमान समस्यालाई उठान गरेको उनले बताएकी छिन्।

“बैंकबाट ऋण निकालेर घर बनाउनेहरूले निकै सास्ती खेप्नुपर्छ। त्यसको ब्याज र साँवा तिर्दा-तिर्दै तनावमा परिन्छ। त्यही विषयलाई चलचित्रमा समेटेका छौं,” उनले भनिन्।

नयाँ चलचित्रका लागि आफू निकै उत्साहित बनेको ऋचा बताउँछिन्। “नयाँ वर्षसँगै एक सामाजिक विषयवस्तुमा बन्न लागेको चलचित्र बनाउन पाउँदा निकै खुसी छु,” उनले भनिन्।

तपाईको प्रतिक्रिया